लता मंगेशकरको निधनमा दुई दिने राष्ट्रिय शोक
काठमाडौं, माघ २३ गते । भारतीय पुस्ताका लागि सङ्गीत र धुन परिभाषित गर्ने गायिका लता मंगेशकरको निधनमा दुई दिने 'राष्ट्रिय शोक' मनाइने भएको छ । केन्द्रीय गृह मन्त्रालयले राज्यका मुख्य सचिवहरूलाई पठाएको सन्देशलाई उद्धृत गर्दै उहाँहरुले भन्नुभएको छ, 'फेब्रुअरी ६ देखि फेब्रुअरी ७ सम्म भारतभर राष्ट्रिय झण्डा आधा झुक्नेछ ।'
केन्द्र सरकारले दिवंगत महानुभावको सम्मानमा फेब्रुअरी ६ देखि ७ गतेसम्म दुईदिने राजकीय शोक मनाउने र यस अवधिमा कुनै औपचारिक मनोरञ्जन नगर्ने निर्णय गरेको उहाँहरुले बताउनुभयो ।
उहाँलाई गत जनवरीका सुरुमा कोरोना सङ्क्रमण भएपछि मुम्बईको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए ।
जनवरी २८ तारिखमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो ।