मनोरञ्जन |

रामकृष्ण ढकालको 'तिम्ले बोल्ने बोली' बोलको गीत सार्वजनिक

काठमाडौं, फागुन २ गते । रामकृष्ण ढकालको स्वरमा 'तिम्ले बोल्ने बोली' बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको सङ्गीत र नेत्र कोइराला 'आकाश' को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय देख्न सकिन्छ ।

यस्तै, सुव्रत आचार्यले गीतको भिडियोको निर्देशन गर्नुभएको हो । 'तिम्ले बोल्ने बोली' ले 'भ्यालेनटाइन डे' विशेष बनाउन सक्ने बताउँदै ढकालले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताउनुभएकाे छ ।

गीत सार्वजनिक कार्यक्रममा नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मालगायतको उपस्थिति थियो । कार्यक्रममा ढकालले स्वर्गीय भारतीय गायिका लता मङ्गेशकरलाई सम्झिँदै श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । उहाँले १० वर्ष अगाडि लतासँग 'बाचुन्जेलीलाई' गीत गाउनुभएको थियो ।