मनोरञ्जन |

'हनी बनी' मा अनमोल र सारा

काठमाडौं, फागुन १० गते । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म 'हनी बनी' मा अभिनेत्री सारा सिर्पाली अनुबन्धित हुनुभएको छ । फिल्ममा उहाँ मुख्य भूमिकामा देखिने भएको छ ।

फिल्मको कथा अनुसार 'फिट' हुने पात्र भएकाले सारालाई नै रोजेको र हिजो नै सारासँग लिखित सम्झौता भएको निर्देशक भट्टराईले जानकारी दिनुभएको हाे ।

यसअघि पनि फिल्मको मुख्य भूमिकामा लागि अभिनेता अनमोल केसी र सलोन बस्नेत देखिने भइसकेको छन् । यस फिल्ममार्फत साराले पहिलोपटक अनमोलसँग पर्दा सेयर गर्नुहुनेछिन् ।

प्रेम कथामा आधारित कथा भट्टराई स्वयंले लेख्नुभएको हो । रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको छायांकन अर्को महिनादेखि सुरु हुने बताइएको छ ।

एबी इन्टरनेशनल ब्यानरमा बन्न लागेको फिल्मका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना हुन् । यो फिल्म आगामी वर्षको असोज १४ गते रिलिज गर्ने निर्माण टिमले जनाएको छ ।