फिचर | स्वास्थ्य |

तीन महिलासहित आठ जनाको कोरोना भाइरसका कारण मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ८ गते । नेपालमा पछिल्लो २४ घण्टामा तीन जना महिलासहित आठ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै कुल मृत्यु १५७ पुगेको छ ।
सुनसरीका ६८ वर्षका पुरुष, मोरङमा ६५ वर्षका पुरुष, पर्सामा ७० वर्षीया महिला, काठमाडौँमा ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया महिला र रुपन्देहीमै ३८ र ५३ वर्षका दुई पुरुषको मृत्यु भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।