फिचर | समाज |

प्रदेश नं. २ मा अन्य दिनको तुलनामा सोमबार सङ्क्रमित संख्या घट्याे 

धर्बेन्द्र झा
जनकपुरधाम, भदौ ८ गते । प्रदेश नं.२ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या सोमबार अन्य दिनको तुलनामा घटेको छ ।
आइतबार मात्रै ३१२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रदेश नं.२ मा सोमबार घटेर १८५ जनामा मात्रै भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार धनुषा र महोत्तरीमा तीन-तीन जनामा सर्लाही र सप्तरीमा १०-१० जनामा, सिरहामा आठ, पर्सामा ३५, रौतहटमा २१, बारामा ९४ र अन्य एक जना गरी सोमबार जम्मा १८५ जनामा सङ्क्रमण भएको हो ।
जसमध्ये ४४ जना महिला र १४१ जना पुरुष रहेको उहाँले बताउनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार १७ पुगेको उहाँले बताउनुभयो । जसमध्ये चार हजार २२५ जना कोरोना सङ्क्रमणमुक्त भइ घर फर्किसकेको बताउनुभयो । आज मात्रै प्रदेश २ मा १८ जना निको भएर घर फर्किसकेका छन्
कोरोनाका कारण सोमबार सम्ममा प्रदेश नं.२ मा ६२ जनाको मृत्यु भइसकेको छ । प्रदेश नंं.२ मा ८९ हजार ८६९ जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७५१ जनाको रिपाेर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
प्रदेश नं.२ को आठ वटै जिल्लामा जारी रहेको निषेधाज्ञाको पूर्ण पालना गराउनतर्फ प्रशासन लाग्नु र सर्वसाधारणसमेत केही दिनयता सचेत भएर कामकाजमा रहेकाले सङ्क्रमण बिस्तारै घट्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।