फिचर | पढ्नै पर्ने |

चितवन मेडिकल कलेजमा एक जना काेराेना सङ्क्रमितकाे मृत्यु

बसन्त पराजुली/शालिग्राम नेपाल

चितवन, भदाै १२ गते । चितवन मेडिकल कलेजमा काेराेना सङ्क्रमित एक जनाकाे आज मृत्यु भएको छ । हेटाैँडा-१९ मकवानपुर घर भएकी ७१ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ६:५० मा ज्यान गएको अस्पतालले जनाएको हो । गत भदौ ७ गते श्वासप्रश्वाससम्बन्धी समस्याले मेडिकल कलेज आउनुभएकी ती महिलाको परीक्षणका क्रममा काेभिड-१९ पुष्टि भएको मेडिकल कलेजक निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो ।

यसै गरी चितवन मेडिकल कलेजकाे काेराेना ल्याबमा आज थप १०९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सात सय २७ जनाकाे स्वाब परीक्षण गरिएको थियाे । हाल चितवन मेडिकल कलेजमा ४२ जना काेराेना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । जसमध्ये २० जनाकाे अवस्था गम्भीर रहेकाे चितवन मेडिकल कलेजले जनाएको छ ।