पाटन अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित थप एकको मृत्यु
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १३ गते । पाटन अस्पताल ललितपुरमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक ६२ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार उपचारको क्रममा महोत्तरी निवासी महिलाको आज अपरान्ह करिब एक बजे मृत्यु भएको हो । उहाँ भदौ ९ गते पाटन अस्पताल, ललितपुरमा उपचारका लागि भर्ना हुनुभएको थियो । पाटन अस्पतालमा आइसीयूमा उपचाररत दुई जनाको शुक्रबार राति र शनिबार बिहान मृत्यु भएको थियो । एकजना काठमाडौँ महानगरकी र अर्को भक्तपुरकी गरी दुवै जना महिला रहेको अस्पतालले जनाएको थियो ।