फिचर | स्वास्थ्य |

पाटन अस्पतालमा उपचाररत सङ्क्रमित युवाको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १४ गते । कोरोना सङ्क्रमित एक जना २९ वर्षीय युवाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार मृत्यु भएका युवा ललितपुरका हुन् ।
स्वास्थ्य कार्यालय, ललितपुरले साउन उपचारको क्रममा ललितपुर निवासी युवाको शनिबार राति करिब दश बजे निधन भएको जनाएको छ । उहाँ साउन २८ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । पाटन अस्पतालमा शुक्रबार राति र शनिबार गरी चार जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ, ललितपुर र भक्तपुरका एक एक तथा महोत्तरीका एक जना हुन् ।