बुटवलमा कोरोनाबाट एक वृद्धको मृत्यु
दीपक ज्ञवाली
बुटवल, भदौ १४ गते । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइतबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको दिउँसो उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।
मृतकमा पहिलेदेखि नै मुटुरोग, मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । बुटवल उपमहानगरमा अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भइसकेको छ ।