फिचर | पढ्नै पर्ने |

‘संक्रमितको सम्पर्कमा हुनेहरु पनि स्वाब दिन मान्दैनन्’

भक्तिविलास पोख्रेल

लहान, २३ गते । लहान नगरपालिकामा कोरोना संक्रमण सामुदाय स्तरमा नै फेलिन थालेपनि संक्रमितहरुको सम्पर्कमा हुनेहरु स्वाब दिन नचाहानुले संक्रमण अझै फैलिने खतरा देखिएको छ । संक्रमणमा हुनेहरुले निर्धक्क भएर स्वब दिन लहान नगरपालिका स्वास्थ्य शाखाले सबैमा आग्रह गरेको हो ।

लहान स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवको अनुसार लहानमा मात्रै तीन जनाको मृत्यु र ८३ जना संक्रमित पुष्टि भैसकेको छ । सम्पर्कमा हुनेहरुको कन्टयाक्ट ट्रेसिङ्गको लागि स्वास्थ्य कर्मीहरुले गरिरहेको प्रयास असफल भइरहेको छ ।

स्वाब दिन नाम लेखाएर पनि स्वाब लिने समयमा मोबाइल अफ गरेर सम्र्कमा आउन नचाहेको उहाँले भन्दै १२२ जनाको नामा स्वाब लिन तयार गरेकबो सूचीमा ५२ जनाले मात्रै दिएको जानकारी दिनुभयो ।

लहान नगरपालिकाको ७ नम्बर वडामा कोरोना संक्रमित पुष्टि भएको व्यक्तिको सम्पर्कमा हुनेहरुले समेत स्वाब नदिएको प्रमुख यादवले चिन्ता व्यक्त गर्दै भन्नुभयो, यसको लागि स्थानीय जनप्रतिनिधि र राजनीति दलहरुले समेत सहयोग गर्नुपर्ने आवश्यक्ता छ । यसरी लापरबाही गरि रहने हो भने लहानको अवस्था भयावह हुने निश्चित छ ।

लहान २३ नम्वरका वडाध्यक्ष कन्दैयाप्रसाद गुप्ताले भन्नुभयो, आफ्नो वडाबाट ५ जनाले स्वाब दिँदा एक जनामा कोरोना संक्रमित पुष्टि भयो । यसको लागि कन्टयाक्ट ट्रेसिङगको लागि वडामा नमावली संकलन गरेर स्वाब परीक्षण गराउन आफू पहल गरिरहेको छु ।

लहान ७ का वडाध्यक्ष राकेश रोशनले यो वडा लहानकै सबैभन्दा विकसित र शिक्षित भएपनि स्वाब परीक्षणको लागि तयार नहुनुले आफू चिन्तित भएको बताउनुभयो ।

लहान ९ का वडाध्यक्ष प्रदिप चौधरीको अनुसार यस वडाका ६५ वर्षिया एक महिला कोरोना संक्रमित भएर मृत्यु भैसकेपछि सम्पर्कमा हुनेहरुको स्वाब परीक्षण गराँउदा ५ जनामा फेरि संक्रमण पुुष्टि भएको छ ।
संक्रमितहरुको सम्पर्कमा हुनेहरुको स्वाब परीक्षणको लागि लहान नगरपालिकाको २४ वटै वडाको जनप्रतिनिधि सामाजिक अगुवा र राजनीतिक दलहरुलाई मोवाइल सम्पर्क गरेर भएपनि स्वाब दिन प्रेरित गर्न लागि परेको लहान नगरप्रमुख मुनि साहले भन्नुभयो ।

संक्रमित भएर निको हुनेहरुको संख्या निकै बढी रहेकोले स्वाब दिन हिचकिचाउन नहुने मानव अधिकारकर्मी राज कुमार राउतले आग्रह गर्दै संक्रमित भएकाहरुप्रति सामाजिक अपहेलना र घृणाको नजरले हेर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वाब दिएर दस दिनसम्म पर्खिनुपर्ने र त्यस बीचमा निकै तनाव हुने कारणले समेत स्वाब दिन नचाहिरेको स्वब दिएका लहान ९ का विष्णुलाल साहले बताउनुभयो । उहाँको अनुसार स्वाब दिएको तीन दिनभित्र नतिजा आइहाल्नुपर्नेमा दस दिनसम्म पर्खिनुपर्ने, त्यस बीचमा तनाव हुने पीडाले समेत धेरैले स्वाब दिन तयार भइरहेको छैन ।