फिचर | पढ्नै पर्ने |

निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं उपत्यकाका प्रजीअहरू भर्चुअल बैठकमा

केशवराज पौडेल

काठमाडौं, भदौ २३ गते । बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ । अहिले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय, उद्योगी व्यापारीसँग भर्चुअल बैठक बसेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

आज साँझ तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ ।

बैठकपछि हुने छलफल तथा त्यहाँबाट आएको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गर्दै निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अहिले उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायात व्यवसायी,चिकित्सकसँग छलफल भैरहेको छ । उहाँहरुसँग बैठकमा आएको सुझाव समेटेर आज साँझ तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गर्नेछ । सोही बैठकपछि गृहमन्त्रालयको समन्वयमा निषेधाज्ञा थप गर्ने वा मोडालिटी परिर्वतन गर्ने बिषयमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।