फिचर | पढ्नै पर्ने |

चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

शालिग्राम नेपाल

चितवन, भदौ २५ गते । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत भरतपुर महानगरपालिका ११ का ६२ वर्षीय पुरुषको बिहीबार दिउसो १२ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक डक्टर दयाराम लम्सालले लानकारी दिनुभयो ।

ती पुरुष श्वासप्रश्वासमा समस्या भई भदौ २० गते अस्पताल भर्ना हुनुभएको थियो । भदौ २२ गते कोरोना पोजिटिभ पुष्टि भएको उहाँमा श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको अस्पताले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।