फिचर | स्वास्थ्य |

जिल्ला आयुर्वेद कार्यालयले आयुर्वेदिक सेनिटाईजर उत्पादन शुरु ग-याे


अमरराज नहर्की
तनहुँ, भदौ २८ गते । जिल्ला आयुर्वेद कार्यालय तनहँुले स्थानीय जडिबुटीको प्रयोग गरी सेनिटाईजर उत्पादन शुरु गरेको छ । ‘कुनै हानी नगर्ने सेनिटाईजर उत्पादन शुरु गरेका छांै, स्थानीय जडिबुटीको महत्वलाई उजागर गर्ने उद्देश्य रहेको छ ।’ केन्द्रका अध्यक्ष देवीबहादुर बस्नेतले बताउनुभयो ।

तुलसी, तितेपाती, निम, लसुन, घिउकुमारी, फिटकिरी र कागती घाँस गरी सात वटा घाँसको प्रयोग गरेर आयुर्वेदिक औषधीयुक्त सेनिटाईजर बनाईएको केन्द्रका कार्यालय प्रमुख डा. रामप्रमोद मण्डलले जानकारी दिनुभयो । ‘बजारमा विक्री भएका कतिपय सेनिटाईजरमा अल्कोहलको मात्रा धेरै भएकोले हातमा एलर्जी हुने, घाउ बनाउने जस्ता समस्या निम्तिएका छन् तर यस आयुर्वेदिक सेनिटाईजरले कुनै असर गर्दैन ।’ कार्यालय प्रमुख डा. मण्डलले भन्नुभयो ।

कोरोना भाईरसको सङ्क्रिमत भएका विरामीलाई पनि गुर्जो, अशोकगन्धा लगायतका जडिबुटीले फाईदा पु¥याएकोले सेनिटाइईजर पनि स्थानीय जडिबुटी प्रयोग गरी बनाउन हौंसला मिलेको डा. मण्डल बताउनुहुन्छ । गण्डकी प्रदेश सरकारबाट व्यवस्थापनको जिम्मा हेर्ने गरी पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रको अध्यक्ष गठन भएपछि केन्द्र अध्यक्ष वस्नेतको सक्रियतामा आयुर्वेदिक सेनिटाईजर उत्पादन शुरु गरेको हो ।

व्यावसायिक रुपमा विक्रीको लागि नभई केन्द्रमा आउने विरामी, सदरमुकाम स्थित सरकारी कार्यालयहरु, विभिन्न राजनैतिक दलका पार्टी कार्यालयलाई उपलब्ध गराईने केन्द्रले जनाएको छ । दीर्घकालिन योजनामा पायल्सका विरामीलाई अप्रेशनको सहितको उपचारलाई प्रभावकारी बनाउने, योग शिक्षालाई व्यापकता दिई नियमित योग अभ्यास गराउने जस्ता कार्यलाई शसक्त ढङ्गले अगाडि बढाउने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।