फिचर |

धरान–१७ का ७० वर्षीय पुरुषको वीपीमा मृत्यु

नवराज कट्टेल

विराटनगर, भदौ ३० गते । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी धरान–१७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, खोकी र ज्वरोले ग्रसित बनाएपछि वीपीमा तीन दिन अगाडि भदौ २७ गते भर्ना गरिएका पुरुषको मंगलबार २ः२० बजे मृत्युभएको हो ।

उच्च रक्तचाप तथा १२ वर्ष अगाडि हृदयघात भएर स्टेन्ट समेत राखिएका पुरुषमा भदौ २८ गते कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । मृत्युपछि शवको व्यवस्थापन नियमानुसार भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।