फिचर | खुला |

कोरोना सङ्क्रमित युवतीको मृत्यु   


धरान, असोज १७ गते । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिनुभयो ।    
    
उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।