फिचर | खुला |

प्रदेश नं. २ मा ६३ जना नयाँ संक्रमित थपिए


प्रदेश २ व्युरो
जनकपुरधाम, असोज २० गते । प्रदेश नं. २ मा मंगलबार ६३ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट मगंलबार १७ महिला र ४६ जना पुरुष गरी ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ का वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिनुभयो ।

योसँगै प्रदेश नं. २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३ हजार ८८६ पुगेकोे छ । धनुषामा १४, सिरहामा सात, महोत्तरीमा दुई, सर्लाहीमा एकजना, रौतहटमा दुई जना, पर्सामा १० जना, बारामा पाँच जना र सप्तरीमा सबै भन्दा बढी २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उहाँका अनुसार कोरोना भाइरसका कारण प्रदेश नं. २ मा दुई जनाको मृत्यु भएको जानकारी गराउनुभयो ।

मृत्यु हुनेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ८ हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रहेको एक ४६ वर्षीय पुरुष र धनुषाको सहिदनगर नगरपालिका वडा नं. ६ हरबारा टोलका एक ६ वर्षीय बालक रहेको छ । यो सँगै प्रदेश नं. २ मा २३ जना महिला र ११९ जना पुरुष गरी जम्मा १४२ जनाको मृत्यु भइसकेको उहाँले जानकारी गराउनु भयो