फिचर | प्रदेश |

 कोहलपुरमा सुर्खेतकी ८२ वर्षीया महिलाको मृत्यु

सिराज खान
नेपालगञ्ज, असोज २१ गते । मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना सङ्क्रमित थप एक महिलाको बुधबार बेलुका मृत्यु भएको छ । यसअघि बुधबार दिउँसो भेरी अस्पतालमा दाङकी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ की ८२ वर्षीया महिलाको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार उनको यही १३ गते स्वाब सङ्कलन गरिएको थियो । त्यसको दुई दिनपछि रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसैदिन उनलाई कोभिड आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । ‘रोगको प्रकृति अनुसार सबै किसिमको उपचार गर्दा पनि बिरामीको स्वास्थ्य अवस्था सुधार भएन बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भन्नुभयाे, ‘आज ६ः३५ बजे बिरामीको निधन भयो ।’
उहाँलाई निमोनिया भएको कोहलपुर शिक्षण अस्पतालले जनाएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका कोभिडका ११ जनाको मृत्यु भएको छ ।