फिचर | प्रदेश |

बाँकेमा शुक्रबार थप २४ जना कोरोनामुक्त भएर घर फर्किए


सिराज खान
नेपालगञ्ज, असोज २३ गते । बाँकेका २४ कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किनुभएको छ । जिल्लाका होम आइसोलेसनलगायत विभिन्न आइसोलेसन सेन्टरमा बस्दै आउनुका २४ कोरोना संक्रमितले १४ दिने आइसोलेसन बसाईं पूरा गरेपछि उहाँहरुलाई डिस्चार्ज गरेर घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले दिएको जानकारी अनुसार शुक्रबार स्वास्थ्य अवस्था सामान्य भएका बाँकेका २४ जना संक्रमणमुक्त भएर घर फर्किनुभएको छ ।
उहाँले यो सँगै जिल्लामा निको भएर घर जानेको संख्या एक हजार ७६२ पुगेको बताउनुभयो ।

बाँकेमा केही समययता लगातार रुपमा कोरोना संक्रमणको दर वृद्धि हुँदै गएको र मृत्युु हुनेको संख्या समेत बढ्दै गएको भए पनि निको भएर घर फर्कनेको संख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको पाइएको छ । कोभिड १९ संकट ब्यवस्थापन समिती बाँकेका अनुसार समितिले स्वास्थ्य मापदण्ड पालना र स्वास्थ्य सचेतना बढाउन कडाई गर्ने बारेमा विचार गरिरहेको छ । जिल्लामा हालसम्म दुई हजार २८९ कोरोना संक्रमीत भेटिएका छन् भने मृत्युु हुनेको संख्या २३ पुगेको छ ।