फिचर | प्रदेश |

बुटवलमा थप दुई सङ्क्रमितको मृत्यु

दीपक ज्ञवाली
बुटवल,असोज २४ गते । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल १० का ७९ वर्षीय पुरुषको शनिबार बिहानमृत्यु भएको छ । यस्तै शुक्रबार साँझ शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।
शुद्धोधनका पुरुषलाई असोज १९ गते अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखि उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या थियो । त्यस्तै, गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ दिनसम्म भेन्टिलेटरमा उपचार गरिएको थियो । उहाँलाई निमोनिया र मिर्गौलामा समस्या थियो ।