फिचर | खुला |

बाँकेमा शनिबार ३१ जना संक्रमणमुक्त भएर घर फर्किए

सिराज खान
नेपालगञ्ज, असोज २४ गते । बाँकेमा शनिबार थप ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किनुभएको छ ।
जिल्लाका होम आइसोलेसन लगायत विभिन्न आइसोलेसन सेन्टरमा बस्दै आउनुका १५ पुरुष र १६ महिला गरेर ३१ जना कोरोना संक्रमितले १४ दिने आइसोलेसन बसाईं पूरा गरी शनिबार घर फर्किनुभएको हो ।
उहाँहरु सबैकाो स्वास्थ्यमा कुनै समस्या नभएपछि डिस्चार्ज गरेर घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले दिनु भएको जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य भएका बाँकेका ३१ जना संक्रमणमुक्त भएर घर फर्किनुभएको हो ।
उहाँले योसँगै जिल्लामा निको भएर घर जानेको संख्या एक हजार ७९३ पुगेको बताउनुभयो । श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमित हुने बढे पनि निको भएर घर फर्कनेको संख्या समेत उल्लेख्य रुपमा बढ्दै गएको छ ।
जिल्लामा हालसम्म दुई हजार ३२७ जना कोरोना संक्रमित भेटिएका छन् भने मृत्युु हुनेको संख्या २४ पुगेको छ ।