फिचर | पढ्नै पर्ने |

काेराेना संक्रमणबाट भरतपुर २० का वडाध्यक्षकाे मृत्यु

शान्ता अधिकारी
चितवन, असोज २५ गते । कोरोना (कोभिड–१९) संक्रमणको कारण भरतपुर महानगरपालिका वडा नं २० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ७० वर्षिय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आईतबार बिहान ११ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको हो ।
असोज १४ गते पिसिआर परीक्षण गरिएकोमा १६ गते उहाँको कोरोना पोजेटिभ देखिएकोे थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते मात्र अस्पताल भर्ना गरिएको थियो ।
पारिवारिक स्रोतका अनुसार उहाँमा मधुमेह, उच्च रक्तचापको समस्या थियो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उपचारको क्रममा अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेरमा राखेर उपचारका क्रममा उहाँको मृत्यु भएको हो । उहाँ नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्थ्यो ।