फिचर |

कोरोना समुदायस्तरमा तीव्रगतिमा फैलिएकोले सचेत रहन भेरी अस्पतालका चिकित्सककाे आग्रह

सिराज खान 

नेपालगञ्ज, असोज २६ गते । गत केही दिन यता बाँके र बर्दियामा कडा खालको कोरोना सङ्क्रमण देखिएकाले सचेत र सतर्क रहन भेरी अस्पतालले अपिल गरेको छ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले पछिल्ला दिनमा गरिएका परीक्षणका क्रममा बाँके र बर्दियामा संक्रमण दर तीव्रगतिमा बढेको र अधिकांशलाई लक्क्ष्ण देखिन थालेपछि अवस्था जटिल बन्दै गएको बताउनुभयो । उहाँले गत १५ दिन यताका परीक्षण रिपोर्टबाट समुदायस्तरमा संक्रमण अत्यधिक फैलिसकेको देखाएको जनाउँदै सचेतना र सतर्कता नअपनाए ठूलो क्षति हुनसक्ने चेतावनी दिनुभयो ।
डा. थापाले कोरोना भाइरस संक्रमण समुदायस्तरमा आक्रामक रुपमा फैलिएको देखिएपछि सचेत रहन सर्वसाधरणलाई अपिल गरिएको बताउनुभयो । स्वास्थ्य सुरक्षाका लागि सरकारले जारी गरेका मापदण्ड कडाइका साथ पालना गर्न समेत सो अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको अपिलमा भनिएको छ, व्यक्तिगत सुरक्षाका उपायहरु अवलम्बन् गरौं, सतर्क रहौं । सानो बेवास्ता र लापरवाही खतरनाक हुनसक्छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वागले स्वास्थ्य मापदण्ड पालनामा लापरबाही देखिएको हुँदा कडाइ गरिने बताउनुभएको छ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा संक्रमित हुनेको संख्या दुई हजार ४०९ पुगेको छ । अझै पनि जिल्लामा ५७० जना संक्रमितको उपचार भैरहेकोमा २२ जनाको अवस्था गम्भीर छ।