फिचर | प्रदेश |

प्रदेश नं. २ मा ४३ जना नयाँ संक्रमित थपिए


प्रदेश २ व्युरो
जनकपुरधाम, असोज २६ गते । प्रदेश नं.२ मा शुक्रबार ४३ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । एघार महिला र ३२ जना पुरुष गरी ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ हजार २३२ पुगेकोे छ । त्यसैगरी संक्रमित हुने भन्दा निको हुनेहरुको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेर एक हजार ९११ मा झरेको छ ।

धनुषामा १४ जना, सिरहामा एक जना, बारामा छ जना, पर्सामा दश० जना, रौतहटमा आठ जना, सर्लाहीमा एक जना, अन्य एक जना र सप्तरीमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उहाँले आज कोरोना भाइरसका कारण प्रदेश नं.२ मा दुई जनाको मृत्यु भएको बताउनु भयो । मृत्यु हुनेहरुमा रौतहटको गुजरा नगरपालिका वडा नं.१ घर भएकी ९५ वर्षकी महिला र पर्साको वीरगंज महानगरपालिका वडा नं. २० का एक ६८ वर्षीय पुरुष रहेका छन् । योसँगै प्रदेश नं. २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ ।

उहाँले प्रदेश नं. २ मा गत २४ घण्टामा आठ महिला र ११८ जना पुरुष गरी १२६ जना कोरोनाको संक्रमणबाट संक्रमण मुक्त भएर घर फर्केको जानकारी गराउनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर घर फर्किनेको संख्या १२ हजार १७२ जना पुगेको छ ।