फिचर | खुला |

बागलुङका १६ जना संक्रमितले एकै दिन जिते कोरोना


नवीन शिशिर विक
बागलुङ, असोज २६ गते । बागलुङमा १६ जनाले एकै दिन कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङको अनुसार गलकोट नगरपालिकाका ९, काठेखोला गाउँपालिकाका १, जैमिनी नगरपालिकाका २ र बागलुङ नगरपालिकाका ४ जनाले कोरोना जितेर घर फर्केका हुन् । कोरोना जित्नेहरु दुई हप्तासम्म होम क्वारेन्टाईनमा बस्नुपर्नेछ ।
यहाँ सोमबार ७ जना संक्रमित थपिएका थिए । जिल्लामा हाल १४८ जना संक्रिया कोरोना संक्रमित उपचाररत छन् । कुल ५३२ संक्रमित पहिचान भएको बागलुङमा ३८३ जना निको भएका छन भने एक जनाको मृत्यु भएको थियो ।
हाल ५४ जना क्वारेन्टाईनमा छन् । स्वास्थ्य कार्यालय बागलुङका माहामारी फोकल पर्सन याम बरालका अनुसार बागलुङ नगरमा ९७, गलकोटमा २१, काठेखोलामा १०, बडिगाडमा २, ढोरपाटनमा र बरेङमा १÷१, जैमिनी नगरमा १०, तमानमा ३, ताराखोलामा २ तथा निसीखोलामा १ संक्रमित छन् ।
संक्रमित हुने मध्ये ९० प्रतिशत पुरुष छ भने १० प्रतिशत महिला हुन् । भदौ अन्तिम सातादेखि पहिचान भएका कोरोना संक्रमितमा लक्षण देखिएको हुँदा निको हुन लाग्ने समय धेरै भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डाक्टर शैलेन्द्र विक पोख्रेलले बताउनुभयो । ‘अहिले पहिचान भएका अधिकांश संक्रमितमा लक्षण छ’ उहाँले भन्नुभयो–‘कोरोनाको उपचार छैन, लक्षण अनुसार औषधी उपचार गरेका छौं । पछिल्लो साता पहिचान भएका केही विरामीलाई अक्सिजनसमेत चलाउनुपरेको थियो ।
अहिले उपचारपश्चात् निको हुने दर ९२ बाट ७२ मा झरेको छ । संक्रमित मध्ये २८ प्रतिशत उपचाररत छन् । स्वाब परीक्षण गरेका मध्ये ६ प्रतिशतमा संक्रमण देखिएको छ । नेपालमा यो दर ९.४ प्रतिशत छ । चैत्रदेखि यता आठ हजार ९३५ जनाको कोरोना परीक्षण गरिएको छ ।