फिचर | खुला |

कास्कीमा ५३ जनासहित गण्डकीमा आज थपिए ७६ संक्रमित

तारा चापागाईं
कास्की, कात्तिक १ गते । कास्कीमा ५३ जनासहित गण्डकी प्रदेशमा ७६ जना कोरोना संक्रमित थपिएका छन् । चितवन र पोखराका ल्याबमा गरिएका परीक्षणमा ८ जिल्लामा आज ७६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये कास्कीमा ५३, गोरखामा ९, नवलपरासीमा ५, तनहुँमा ३, स्याङ्जा र बागलुङमा २ र २, लमजुङ र म्याग्दीमा १ र १ संक्रमित थपिएका छन् ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।

तीमध्ये ३ हजार ५ सय १० जना निको भएको निर्देशनालयले जनाएको छ । अहिलेसम्म ४९ संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा कास्कीका १४, नवलपुर र तनहुँका ९र ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।