फिचर | पढ्नै पर्ने | प्रदेश |

कोरोनाबाट बुटवलमा थप एकको मृत्यु

दीपक ज्ञवाली
बुटवल, मंसिर ३ गते । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो । सूचना अधिकारी गौतमका अनुसार गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएको थियो । उहाँलाई २६ गते अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा मधुमेहको समस्या थियो ।