फिचर | पढ्नै पर्ने |

डा. बालकुमार श्रेष्ठको कोरोना अनुभवः ‘कोरोनालाई खेलाचीँ नसम्झौं, सतर्क, सुरक्षित र स्वस्थ रहौँ’

अमरराज नहर्की
तनहुँ, मङ्सिर ४ गते । कोरोनालाई खेलाँची सम्झँदा ज्यानै जान सक्ने कोरानाबाट सङ्क्रमित भई लामो समय सम्मको सङ्घर्ष पछि विजय पाउनेको अनुभव छ । कोरोना भाईरसबाट सङ्क्रमित हुनु भएका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले ४० दिनसम्मको लडाई पछि मात्रै कोरोनाबाट हालै मुक्त हुनु भएको छ ।
‘यो कोरोना रूपि शत्रुलार्ई परास्त गर्न सफल भएँ महाभारतको युद्ध भन्दा पनि लामो भो ’ डा. श्रेष्ठले भन्नुभयो । ५० दिन सम्म विरामी भएर बस्नु परेको र जित्नको लागि धेरै दिन लागेको स्मरण गर्दै डा. श्रेष्ठले भन्नुभयो– ‘महामारीलाई खेलाचीँ नसम्झौं, सतर्क, सुरक्षीत, र स्वस्थ रहौँ ।’

आफू खासै विरामी नहुने गरेको भएपनि निरोगी मान्छेलाई पनि कोरोनाको सङ्क्रमण भयो भने कठिन हुने उहाँले बताउनुभयो ‘जीवनको यो उमेरमा आएर विरामी हुँदाको सबैभन्दा बढी पिडाको महशुस भयो, डा.श्रेष्ठले थप्नुभयो–‘सात दिन सम्म श्वास फेर्न गाह्रो भएकोले भेन्टेलेटर बस्नु परेको र दुई साता सम्म खाना पनि रुचेन ।’ कोरोनालाई हेलचेक्राँई नगर्न डा. श्रेष्ठको सुझाव छ ।

‘रुघाखोकी जस्तै सामान्य हो’ कोरोना भाईरसको सङ्क्रमण केही होइन भन्नेहरु धेरै छन्, ‘आईसियुमा पुगेपछि बल्ल थाहा हुन्छ, कोरोना के रहेछ भनेर’ डा. श्रेष्ठले भन्नुभयो । सचेत रहेर कोरोना लाग्न नदिनु नै उत्तम हुने डा. श्रेष्ठको भनाई छ । शुरुमा विरामी हुँदा स्वास्थ्यको एकदमै ख्याल गर्ने मास्क लगाउने, सेनिटाईजरको प्रयोग बारम्बार गर्ने धेरै भिडभाडमा नजाने र जनस्वास्थ्यको मापदण्ड पालना गरेकाले कोरोनाको सङ्क्रमण भएको शङ्का नलागेको उहाँले बताउनुभयो । कतिबेला कसको सम्पर्कबाट सरेको भन्ने पनि यकिन नभएको डा. श्रेष्ठले जानकारी दिनुभयो । पाँच दिन सम्म पनि ज्वरो नहट्ने, श्वास फेर्न गा¥हो लाग्ने, बारम्बार खोकी लाग्ने गरेपछि पोखरामा गएर चेक गरेँ पोजेटिभ रिर्पोट उहाँले बताउनुभयो ।

‘कोरोना पोजेटिभको रिपोर्ट आउँदा उच्च मनोबल बनाएको भएपनि अस्पतालमा आउँदा आउँदै बाटोमा नै ढलेर मरेको देख्दा मन झसङ्ग भयो ।’ डा. श्रेष्ठले भन्नुभयो । श्वास नै फेर्न कठिन भएकोले पोजेटिभ रिपोर्ट आएको दिनेदेखि एक साता सम्म पोखरा स्थित कोभिड अस्पतालको आईसियुमा राखेर उपचार गर्नु परेको उहाँले बताउनुभयो । आइसियुमा रहँदा आफुले बाँच्ने आश मारेको आफ्नो भन्दा परिवारको बढी माया लागेको डा.श्रेष्ठले बताउनुभयो । भाग्यले पूर्न जीवन पाएको उहाँले सुनाउनुभयो । ‘आइसियुमा उपचारको क्रममा १३ जना सङक्रमितले मृत्युवरण गर्नु परेको कहाली लाग्दो दृश्यले आपूm पनि बाँच्दिनकी भन्ने लागेको उहाँले बताउनुभयो । ‘श्वासप्रश्वासमा समस्या भएर छिनभरमै मृत्युवरण गरेको कहालीलाग्दो दृश्यले आफु पनि बाँच्दिन जस्तो लाग्थ्यो । ‘आउँदा आउँदै बाटैमा ढलेर मृत्यु वरण गरेको पनि देखियो, सम्झिदाँ पनि अत्यास लाग्छ ।’ मृत्यु भएपछि पनि सव बेलैमा नउठेर लाशसँंगै सुत्नुपर्दा कोरोना सोचे भैंm रहेनछ भन्ने लागेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण पछि समाजले हेर्ने दृष्टिकोणमा फरक आएको डा. श्रेष्ठले बताउनुभयो । ‘निको भएर आएपछि परिवार हिडेको बाटोमा नहिड्ने, बोलाउँछ भनेर पर पर भाग्ने जस्तो व्यवहार भयो जनचेतनाको कमी भएको छ ।’ डा. श्रेष्ठले बताउनुभयो । दशैं पनि कोरोनाले गर्दा मान्न नपाएको उहाँले जानकारी दिनुभयो । ‘जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङ हस्पिटलमै टिका लगाएर दशैं मनाईयो, चिनेका विरामी आएपछि दिन काट्न पनि सजिलो भयो ।’ कोरोनालाई पराजित गरेपछि डा.श्रेष्ठ कार्यालय आई काम थाल्नु भएको छ । आफ्नो छोरीलाई पनि सङ्क्रमण भएको १४ दिनमा निको भएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।