फिचर | पढ्नै पर्ने |

मिक्लाजुङमा शिक्षकको हत्या, विप्लव समूहकाे संलग्नताकाे आशंका 

नवराज कट्टेल
विराटनगर, मङ्सिर २३ गते  । मोरङको मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान ३–४ जनाको समूहले श्रेष्ठलाई घरबाट लगेर मिक्लाजुङ १ बर्खेको जंगलमा हत्या गरेका हुन् ।
मृतक श्रेष्ठको लास जंगलमा फेला परेको हो । उनलाई नेकपा विप्लव समूहका सदस्यले घरबाट मंगलबार बिहान ६ बजेतिर लगेको प्रहरीले जनाएको छ । हामीलाई ९ बजेतिर खबर प्राप्त भयो, मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले भन्नुभयो–घटना भएको स्थानमा हालसम्म पनि प्रहरी पुगेको छैन । उर्लाबारी र टाँडीबाट हिडेको टोलि समेत  रमितेमाा पुगेको प्रवक्ता थापाले बताउनुभयो ।घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक थापासहितको टोलि समेत घटनास्थलतर्फ लागेको छ ।