फिचर | पढ्नै पर्ने |

बाँकेमा एकै रातमा तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु

सिराज खान
नेपालगञ्ज, पुस २१ गते । बाँकेमा एकै रात तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुइ जना र भेरी अस्पताल नेपालगञ्जमा उपचार गराईरहेका एक जना कोरोना संक्रमितको गएराती मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले जानकारी दिनुभएको छ ।

दाङबाट उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर भर्ना रहेका १३ वर्षीय बालक र कञ्चनपुरबाट उपचारका लागि आएका एक जना पुरुषसहित २ जना तथा भेरी अस्पताल नेपालगञ्जमा उपचाररत जानकी गाँउपालिकाका ६८ वर्षीय एक जना पुरुष गरी ३ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।

हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेभित्रका हालसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
पछिल्लो समयमा आएर बाँकेमा संक्रमित हुने घट्दै गएका छन् ।