फिचर | पढ्नै पर्ने |

धौलागिरि अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन

नवीन शिशिर विक
बागलुङ, पुस २८ गते । धौलागिरी अस्पताल बागलुङको आइसोसन कक्षमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बागलुङको जैमिनी नगरपालिकाका ३७ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि. पोखरेलले बताउनुभयो ।

कोरोना पुष्टिपछि होमआइसोलेसनमा बसे पनि छ स्वासप्रस्वासमा समस्या रहेको उहाँलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदाको समयमै उहाँलाई अक्सिजनको मात्रा कमी थियो ।

उहाँको दुवै फोक्सोमा जटिल संक्रमण भएको डाक्टर विकको भनाइ छ । ‘उहाँलाई जटिल प्रकारको कोरोना देखिएको थियो’ विकले भन्नुभयो–‘रेम्डिसिविर तथा अन्य लक्ष्यका आौषधी चलाए पनि निको भएन । बागलुङमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ । सम्बन्धित निकायसँग शव व्यवस्थापनको बारेमा समन्वय भएको उहाँले बताउनुभयो ।