फिचर | पढ्नै पर्ने |

मर्स्याङ्दीको जिम्दोगाउँ केन्द्रीय विद्युतले झिलिमिली

बेलिना थापा

लमजुङ, फागुन २३ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ को विकट जिम्दोगाउँ बिजुलीले झिलिमिली भएको छ । गाउँमा केन्द्रिय विद्युत प्रसारण लाइन पुगेपछि झिलिमिली भएको हो । गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको सहयोगमा जिम्दोगाउँमा विद्युत प्रसारण लाइन पुगेको हो ।

बिजुलीको अभावमा टुकी र मैनबत्तीको भरमा बस्दै आएका स्थानीयले अब उज्यालोमा बस्न पाएका छन् । वडाध्यक्ष प्रेमबहादुर बस्नेतका अनुसार गाउँमा साढे २९ लाख रुपियाँ लागतमा केन्द्रिय विद्युत पु-याइएको हो । गण्डकी प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रम अन्तर्गतको २० लाख रुपियाँ, गाउँपालिकाको साँढे ९ लाख रुपियाँमा विद्युत जडान गरिएको हो । उपभोक्ताको ८० हजार रुपियाँ लगानी भएको उहाँले बताउनुभयो । जिम्दोगाउँका २६ घरधुरीका लागि विद्युत जडान भएको हो ।

उक्त गाउँमा घनपोखरा फिडरबाट बिजुली पु¥याइएको हो । जिम्दोगाउँमा पु-याइएको विद्युत प्रसारण लाइनको गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले उद्घाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दवाडीले गण्डकी प्रदेशले प्रदेशका सबै गाउँठाउँलाई उज्यालो बनाउने उद्धेश्यका साथ काम गरेको बताउनुभयो । प्रदेशका कुनै नागरिक पनि अन्धकारमा बस्न नपरोस् भनेर विद्युत लाइन पु¥याइएको बताउनुभयो । यसअघिका सरकारले गर्न नसकेको काम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार आएपछि भएको बताउनुभयो । उहाँले नेकपाको सरकारको जनताको अति आवश्यकतालाई मध्यनजर गरी विकासको गति बढाएको बताउनुभयो । विद्युत लाइनका लागि नेपाल विद्युत प्राधिकरण (लमजुङ वितरण केन्द्र) ले प्राविधिक सहयोग गरेको थियो ।

मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले नागरिकको आवश्यकता अनुसार स्थानीय सरकार, प्रदेश सरकार लागेको बताउनुभयो । नागरिकलाई सहज रुपमा जीवनयापन गराउने काममा सहयोग गर्दै आएको बताउनुभयो । अन्धकारमा रहेका नागरिकलाई उज्यालोमा ल्याउन सफल भएको बताउनुभयो ।

टोल सुधार समितिका अध्यक्ष आइतबहादुर तामाङले गाउँमा बिजुली बलेपछि स्थानीयमा खुसी छाएको बताउनुभयो । बर्षौंदेखि अन्धकारमा रहेका स्थानीयले उज्यालोमा बसेर काम गर्न पाएका छन् । रातको समयमा धेरै सहज भएको उहाँले बताउनुभयो ।

वडा नं. ८ का अध्यक्ष हिरादेवी घले, उद्योग वाणिज्य संघ खुदी एकाइका अध्यक्ष सूर्यप्रकाश कतिला, अमर माध्यमिक विद्यायलयका प्रधानाध्यापक तीर्थबहादुर बस्नेत, वडा नम्बर ८ का वडा सदस्य होमरास तामाङलगायतले बिजुली नागरिकका लागि अति आवश्यक रहेको बताउनुभयो ।