फिचर | पढ्नै पर्ने |

मनाङमा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

बेलिना थापा

लमजुङ, चैत ७ गते । हिमाली जिल्ला मनाङको नासों गाउँपालिका ३ खोत्राेमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५ सय ९२ नम्बरको ट्रक दुर्घटना हुँदा नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ, सोही ठाउँका २६ बर्षीया जलकाशी गुरुङ र अन्दाजी ६/७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार शनिबार दिउँसो साँढे तीन बजेतिर दुर्घटना भएको हो । सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मस्र्याङदी नदीमा खसेको थियो । सडकबाट करिव ४० मिटर तल मस्र्याङदी नदीमा खसेको उहाँले बताउनुभयो । ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् । चालक सुमन तामाङ, सहचाहक लक्ष्मण नेपाल, नासों गाउँपालिका ४ का अन्दाजी ६/७ बर्षीय चिउन गुरुङ, सोही वडाका अन्दाजी ६/७ बर्षीय निहल गुरुङ रहेका छन् । अर्का एकजना पुरुष पनि घाइते भएको छन् । उनको परिचय नखुलेको प्रनाउ खड्काले बताउनुभयो ।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका ३ जनालाई जिल्ला अस्पताल मनाङमा पोष्टमार्टमका लागि लगिएको छ । घाइते ५ जनालाई जिल्ला अस्पताल लमजुङ ल्याइँदै छ । वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर गुरुङका अनुसार बेंसीशहरबाट सिमेन्ट बोकेर चामे जाँदै गरेको ट्रक खोक्रोमा दुर्घटना भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घाइतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयले उद्दार गरेको बताउनुभयो । घटनाको जानकारी पाउने वित्तिकै उद्दारमा खटिएको बताउनुभयो ।