फिचर | पढ्नै पर्ने |

कैलालीमा कोरोना सङ्क्रमितको उपचारका क्रममा निधन

चाँदनी आचार्य
लम्की (कैलाली) चैत्र ३० गते । कैलालीको गोदावरी नगरपालिका ३ का एक पुरुषको कोभिड सङ्क्रमणका कारण निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा आइतबार भर्ना भई भेन्टिलेटरमा उपचार गराइरहेका ५० वर्षीय पुरुषको सोमबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले अस्पताल ल्याउदा नै सिकिस्त बिरामी रहेका उहाँको भर्नासँगै भेन्टिलेटरमा राखी उपचार गरिए पनि श्वास प्रश्वासमा समस्या आई कडा खालको निमोनियाका कारण निधन भएको बताउनुभयो ।
सेती प्रादेशिक अस्पतालमा कोभिडका अन्य तीन जनाको उपचार भइरहेको जनाइएको छ । एकजनाको भेन्टिलेटर,एकजना आईसीयू र एकजनाको आईसोलेसनमा राखेर उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार पछिल्लो समय कोभिड संक्रमण सकृयरुपमा फैलिदै गएको अवस्थामा परीक्षको दायरा भने बढ्न सकेको छैन। सेती प्रादेशिक अस्पतालमा नियमित स्वाब संकलन केन्द्रमा गरिएको परिक्षण बाहेका स्थानीय तहबाट स्वाब संकलन गरी पठाउने गरिएको छैन ।
सूचना अधिकारी श्रेष्ठले भन्नुभयो ‘पहिला जस्तो स्थानीय तहबाट स्वाब संकलन परीक्षणका लागि निक्कैनै कम आइरहेको छ सेती अस्पतालकै नियमित स्वाब संकलन केन्द्रबाट आएका स्वबमात्र प्रयोगशालामा परीक्षण हुने गरेकोछ, परीक्षणको दायरा घटेको छ ।’