फिचर | पढ्नै पर्ने |

नेपालगञ्ज शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु

सिराज खान
नेपालगञ्ज, बैशाख २ गते । भारतीय सीमानासँग जोडिएको बाँके जिल्लामा कोरोनाले दिनदिनै भयावह रुप लिंदै गएको छ । गत पाँच दिनयता दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् भने मृत्यु हुने क्रम पनि दिनदिनै बढ्दो छ ।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालमा गए राती बाँकेको खजुराका एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा खजुरा २ का ४२ वर्षका पुरुषको कोरोना सङ्क्रमणबाट गए राती मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँका अनुसार बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्युु हुने सिलसिला फेरि शुरु भएको छ । उपचाररत कोरोना सङ्क्रमितको मृत्यु हरेक दिन भैरहेको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । बुधबार रातीसम्म जिल्लाका विभिन्न प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार एकै दिन १२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कोरोना फोकल ओलीले बताउनुभयो ।
उहाँले ६२ महिला र ६१ पुरुष गरि १२३ जनालाई कोरोना पुष्टी भएको बताउनुभयो । ओलीका अनुसार गत ७ दिनमा मात्र जिल्लामा ३६६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमण समुदास्तरमा चारैतिर फैलिसकेको जनाउँदै सचेतना अपनाउन पटक पटक आग्रह गरिएपनि सर्वसाधारणले खासै वास्ता गरिएको नदेखिएको जनाउँदै जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले अब कडाइ गर्ने योजना बनाइरहेको जनाएको छ ।