फिचर | पढ्नै पर्ने |

उर्जा मन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण, सैनिक अस्पतालमा उपचार हुँदै

गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख १४ गते । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण देखापरेको छ । मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो ।
उहाँको काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक भुसालले जानकारी दिनुभयो । मन्त्री रायमाझी परिवारका सदस्यसहित सचिवालयका केही सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएको बताइएको छ ।