फिचर | पढ्नै पर्ने |

गण्डकी प्रदेशमा आठ जना कोरोना सङ्क्रमितको मृत्यु

चन्द्रप्रकाश शर्मा
पोखरा, वैशाख १९ गते । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यासँगै मृतकको सङ्ख्या बढ्दै गएको हो ।

कोरोना सङ्क्रमित भई विभिन्न अस्पतालमा उपचार गराइरहेका आठ जनाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा हालसम्म दुई सय ३१ जनाको मृत्यु भइसकेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिअनुसार कास्की पोखरा महानगरपालिका– १६ का ७७ वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमा मृत्यु भएको थियो ।

यस्तै पोखरा महानगरपालिका– २६ का ५८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल, पर्वत कुश्मा नगरपालिका– ५ का ७६ वर्षीय महिला, दाङ राप्ती गाउँपालिका– ५ का ४३ वर्षीय पुरुष र पोखरा महानगरपालिका– १९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरा, पोखरा महानगरपालिका– १६ का ७३ वर्षीय महिला, पोखरा महानगरपालिका– १० महिला र रुपन्देही बुटवल उपमहानगरपालिका– ३ का ७५ वर्षीय पुरुषको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।