फिचर | पढ्नै पर्ने |

गृहमन्त्री थापा र नेता नेपालबीच छलफल

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ४ गते । गृहमन्त्री रामबहादुर थापा नेकपा एमालेका नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा पुग्नुभएको छ । जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि गृहमन्त्री थापा उम्मेदवार हुनुहुन्छ । आज नेता नेपालसँग राष्ट्रियसभाको उपनिर्वाचन र पार्टीको विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो ।

यसअघि उपनिर्वाचका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एमाले नेता नेपालसहितको गठबन्धनले गृहमन्त्री थापाको प्रतिद्धन्द्धीकोरुपमा डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाइएको थियो ।