फिचर | प्रदेश |

गण्डकीमा आज हालसम्मकै बढी ३० सङ्क्रमितको मृत्यु

तारा चापागाई
कास्की, जेठ ५ गते । गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको प्रेस तथ्याङ्क अनुसार आज एकै दिन प्रदेशभर ३० सङ्क्रमितले ज्यान गुमाएका छन् ।

निर्देशनालयको अनुसार आज कास्कीका ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका ५,गोरखाका ३, तनहुँका ५,कास्कीका ८,स्याङ्जाका ७ र नवलपरासी पूर्वका २ जना छन् ।
पोखरा महानगरपालिका १९ की ४८ वर्षीया सङ्क्रमित महिला, पोखरा महानगरपालिका ८ का ५९ वर्षीया महिला, पोखरा १४ का ५६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज,पोखरा १५ की ७५ वर्षीया महिलाको ग्यालेक्सी अस्पतालमा र पोखरा १४ का अर्का ५४ वर्षीय सङ्क्रमित पुरुषको अस्पताल लैजाने क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।