फिचर | प्रदेश |

लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १९ देखि

दीपक ज्ञवाली

बुटवल,जेठ १४ गते । लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आउदो जेठ १९ गते बस्ने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको शुक्रबार अपरान्ह बसेको बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि बैशाख ६ गतेका लागि बिशेष अधिबेशन बोलाईएपनि बैठक नै नबसी अन्त्य भएको थियो । बिपक्षी गठबन्धनद्धारा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबारे छलफल गर्न उक्त विशेष अधिवेशन आब्हान भएको थियो ।

तर सोही दिन बिहान मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएपछि अधिबेशनको औचित्व नभएको ठहर सहित बैठकै नबसी अधिवेशन अन्त्य भएको हो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ ।