फिचर | प्रदेश |

मेलम्ची बाढीपहिराे माथिल्लो क्षेत्रमा झनै बढी क्षति

बिदुर आचार्य
चौतारा, असार ४ गते । मेलम्ची नदीमा आएको बाढीमा वेपत्ता हुनेको संख्या २० पुगेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयले २० जना बाढीमा हराईरहेको जानकारी गराएको हो । बाढीले बगाएका तीन शव फेला परेको छ । बाढीमा परि पाँचजना घाईते सहित ९४ जनाको नेपाली सेनाले उद्धार गरेको छ । 

मंगलबार हेलम्बु गाउँपालिका १ नाकुत्तेमापाँचसय मिटर माथीबाट झरेको पहिरोले नदीथुनिदा मेलम्चीनदीमा बाढीको वहाब बढेको थियो । बाढीबाट मेलम्ची तथा ईन्द्रावती नदी किनारका तल्लो क्षेत्रमा भौतिक क्षति र माथिल्लो क्षेत्रमा मानवीय क्षति भएको छ । बाढीले प्रभावित हेलम्बुमा शुक्रबार वल्ल राहतपुगेको स्थानीयले बताएका छन् ।

सडक सञ्जाल र विद्युततथा सञ्चार विच्छेद भएको हेलम्बु गाँउपालिकामा३९ घर बाढीले बगाएको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो । तीम्बु, किउल, चालिसे, गणेशे बगर, चनौटे लगायतका मेलम्चीकरिडोरका सबै बजारमा अकल्पनीय क्षति भएको चनौटेका हस्त पण्डितले जानकारि दिनुभयो । बाढीले दश वटा झोलुङ्गे पुल, छ वटा पक्कीपुल, ईलाकाप्रहरी चौकी हेलम्बु सहिततीनप्रहरी युनिट र जुगल गाउँपालिकामा रहेको मुनलाईट हाईड्रोपावरमा पूर्ण क्षतिपुगेको जनाईएको छ ।

वर्षा केहीकम भएपछि राहत, उद्धार तथा समन्वयमा पुगेका सुरक्षा निकाय, स्वयम्सेवी तथा जनप्रतिनिधिले बाढी सुरु भएको हेलम्बु तथा पाँचपोखरीको माथिल्लो क्षेत्रको अवस्थावारे जानकारी पाएका छन् । बाढीले पाँचपोखरी क्षेत्रमा याङ्ग्री र लार्केले पनि क्षति पु¥याएको पाँचपोखरी गाउँपालिका २ का अध्यक्षपासाङ लामाले जानकारि दिनुभयो ।

सो क्षेत्रका ६८ घरमा पूर्ण क्षतिभएको लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार तीनविद्यालय, स्वास्थ्यचौकी सहित छ दर्जन बढी परिवार विस्थापित भएका छन् । सीमाचौर, माईखर्क र टासिवा जाने तीनवटा झोलुङ्गे पुलहरु बाढीले बगाएर सुरक्षित स्थलसम्म जान समेत नसक्ने अवस्था आएको छ ।