साउन लाग्यो, सुरू भयाे मेहन्दीकाे चहलपहल (फोटो फिचर)
गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३ गते । साउन महिना शुरु भएसँगै विवाहित वा अबिबाहित महिलाले हातमा मेहन्दी लगाउने क्रम शुरु भएको छ ।
हिन्दू धर्ममा साउन महिना भगवान शिवको महिना भएकाले हरेक सोमबार महिलाले ब्रत बस्ने तथा शिव मन्दिरमा पूजापाठ गर्ने गर्दछन् ।
राजधानीका विभिन्न सडक गल्लीमा अहिले मेहन्दी लगाउनेहरु धेरै सङ्ख्यामा भेटिन्छन् र विभिन्न आकृतिमा लगाइने भएकाले यसलाई एक प्रकारको कलाका रुपमा समेत लिइएको पाइन्छ ।
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र