फिचर | प्रदेश |

३५ वर्ष पछि घरमा बस्न पाएपछि गाउँले खुसी

गणेश खनाल
अर्घाखाँची,साउन २२ गते । ३५ वर्ष देखि जगलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुसीले गदगद भएका छन् । गरिवीका कारण त्रिपालको कष्टकर जिवन विताउदै आएका सन्धिखर्क २ का बादी समुदाय ११ घर परिवार सोहि ठाउँमै सगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकारले आवासको लागि घर निर्माण गरिदिएपछि खुसी भएका हुन्।

वर्खाको समय राती सुतिरहेको बेला पानी आएर शरिर भिजेर अर्को कपडा फेरी रातभर जागराम बस्थ्यो अव सो समस्या हल भएको औधि खुसी लागेको छ सन्धिखर्क २ का ४५ बर्षिय राजकुमार बादीले हर्ष मुद्रामा भन्नुभयो ।
दिनभरि मेहनत गरि ल्याएको खाद्यन पानी परेको बेला कहिले सुरक्षित भएन,सायद जिवन यसरी जाने होला भन्ने लागेको थियोर्, तर प्रदेश सरकारले आफनो जिवनमा नयाँ उभार ल्याईदिएको वादीले बताउनुभयो ।’

बुवा पनि आमाको भुमिका निर्वाह गरि छोराछोरी हुर्काउने पिडा सायद म जस्ता एकल महिलामात्र थाहा छर्, श्रीमान गुमाएकी चन्द्रादेवी बादीको भन्नुभयो त्यसमा पनि दिनभर दु ख गरि जुटाएको सामान हावाहुरीले पटक पटक उठाएर लगि दिएको स्मरण गर्दै अहिले सुविधा सम्पन्न घरमा बस्दा साञ्चैकै सरकार भएको महशुस गरेको बताउनुभयो ।’३५ वर्ष पछि आफुहरुले नयाँ जिवन पाएको निर्माण समितिका अध्यक्ष बधु बादीले बताउनुभयो । निर्माण सम्पन्न घरमा बालबालिका महिला पुरुष गरि ५० जना रहेको वादीले बताउनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत रू ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार ४३ लाख ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको हो । लामो समय देखी कष्टकर जिवन विताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाएकोमा आफुलाई खुसी महशुस गरेको अर्घाखाँची क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले बताउनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकाश तथा रोजगार कार्यक्रम र जनता आवास दुवै कार्यक्रममार्फत प्रदेश सरकारले आवासको व्यवस्थापन गरेको मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार संयोजक भरत न्यौपाने जानाकारी दिनुभयो । १३ घरपरिवारलाई सामूहिक रुपमा समेत लालपुर्जा समेत प्रदान गरिएको छ ।