फिचर | पढ्नै पर्ने | फोटो फिचर |

साउने (जनै) पूर्णिमा यसरी मनाइन्छ हुम्लामा (फोटो फिचर)

राजन रावत
हुम्ला भदौ ६ गते । हिमाली जिल्ला हुम्लामा साउने (जनै) पूर्णिमा कोरोनाकाबिच पनि धुममधामका साथ सुरु भएको छ । वर्षमा एक पटक आउने उक्त पूर्णिमामा धामी नाच्दै पूजाआजा गर्दै सुरु भएको हो ।
दुई दिन दुई वटा माडुमा धूमधामका साथ धामीहरु नाँच्ने र पूजाआजा  गरेर मनाउने गरिन्छ । एकादशीको दिनबाट ब्रर्त बसेका धामी झाँक्रीहरु नाचेको हेर्न आउने मानिसको पनि निक्कै भिड लाग्ने गर्छ । वर्षको एक पटक आउने यो पूर्णिमामा घर बाहिर रहेका सदस्यहरू पनि घरमा समय मिलाएर आउने गरिन्छ ।