फिचर | पढ्नै पर्ने |

अपडेटः सल्यानमा बस दुर्घटना, १५ जना घाइते

प्रतिक शर्मा
सल्यान, भदौ १८ गते । सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दाङबाट रुकुम पश्चिमका लागि जाँदै गरेको रा १ ख १७९२ बस सल्यान कपुरकोट ३ मा दुर्घटना भएको हो ।

गाडी दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाउने क्रम जारी रहेको कपुरकोट प्रहरी चौकीका इन्चार्ज यामबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार गाडीमा २८  यात्रु सवार रहेका थिए । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।