फिचर | स्वास्थ्य |

चीनबाट थप ४४ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, असोज १ गते । चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो ।

निगमको वाइडबडी– ३३० जहाज बिहीबार खोप लिन चीनको बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो सयम खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो ।