युवराज न्यौपानेद्वारा सभापतिको उम्मेदवारी फिर्ता
काठमाडौं, मङ्सिर २६ गते । नेपाली काँग्रेस सभापति उम्मेदवारी दिनुभएको युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
शनिबार काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभएको न्यौपानेले आइतबार उम्मेदवारी फिर्ता लिनुभएको हो ।
आइतबार उम्मेदवारी फिर्ता लिनुभएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्ने जानकारी दिनुभयो ।