फुटबल | खेलकुद |

‘थ्री नेशन्स कप’ खेल्न कीर्गिस्तान फुटबल टोली आइपुग्यो

गोरखापत्र अनलाइन
काठमाडौं, चैत ९ गते । थ्री नेशन्स फुटबल कप खेल्न कीर्गिस्तानको ओलम्पिक फुटबल टोली नेपाल आइपुगेको छ । आइतबार अबेर टोलीका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
थ्री नेशन्स कप अन्तर्गतको पहिलो खेलमा कीर्गिस्तानले बङ्गलादेशको सामना गर्नेछ । बङ्गलादेशको राष्ट्रिय टोली गत् साता नै काठमाडौं आइपुगेको थियो । उद्घाटन खेल बुधबार दशरथ रङशालामा हुनेछ । बुधबार साँझ साढे पाँच बजेबाट खेल सुरु हुने एन्फाले जनाएको छ ।