फुटबल | खेलकुद |

रियल मड्रिड स्तब्ध, चेल्सी च्याम्पियन्स लिगको फाइनलमा पुग्यो

गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २३ गते । चेलसी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । उपाधिका लागि उसले म्यान्चेष्टर सिटीसँग स्पर्धा गर्नेछ । उपाधिका लागि दुबै टोलिले मई २९ स्पर्धा गर्नेछन् ।
इस्तानबुलमा गए राति अबेर सम्पन्न खेलमा चेलसीले रियल मड्रिडमाथि २–० को जित हात पार्यो । थोमस टुचेलको चेलसीका गोलरक्षक एडौर्ड मेन्डीले पहिलो हाफमा दुई उत्कृष्ट बचाउ गरेपछि रियल मड्रिड अग्रता लिनबाट चुक्यो । रियलका लागि दुवै प्रयास करिम बेञ्जिमाले गर्नुभएको थियो । २८ औं मिनेटमा टिमो वर्नरले केइ हर्भेजको पासलाई गोलको दिशा दिदै चेल्सीले पहिलो सेमीफाइनल लेगको १–१ को बराबरीबाट २–१ को स्थितिमा पुर्याउनुभयो ।
एकातिर पहिलो हाफको अग्रताले चेल्सी उच्च आत्मबलका साथ प्रदर्शनलाई निर्खादै जाँदा रियल मड्रिड एकपछि अर्को अबसरलाई गोलमा परिणत गर्न नसक्दा निराश हुन पुग्यो । खेल सकिन पाँच मिनेट मात्रै बाँकी छँदा मेसोन माउन्टले चेल्सीका लागि गोल थप्दै रियल मड्रिडको फाइनलमा पुग्ने सपना तुषारापात गर्नुभयो ।
चेलसीले सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जिते यता पहिलो पटक फाइनलसम्मको यात्रा सुनिश्चित गरेको छ ।