फुटबल | खेलकुद |

लिभरपुल चौथो स्थानमा उक्लियो, लेष्टर सिटी चिप्लियो

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ६ गते । लिभरपुल इंग्लीश प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ । बर्नलीमाथि एकतर्फी जित हात पार्दै लिभरपुलले चौथो स्थानको लेष्टर सिटीलाई उछिनेको हो । लेष्टर सिटी पाँचौं स्थानमा चिप्लिएको छ । लिभरपुल र लेष्टर सिटी दुबैले समान ३७ खेलबाट ६६ अङ्क जोडेको छ । तर गोल अन्तरको आधारमा लिभरपुलले लेष्टरलाई उछिनेको हो ।
वेष्ट ब्रमविच अल्बियनमाथि ०–३ को जित हात पार्दै लिभरपुलले च्याम्पियन्स लिगमा पुग्ने आफ्नो सम्भाबनालाई जिवित पारेको छ । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, नथेनिएल फिलिप्स र एलेक्स ओक्सलेड–चेम्बरलैनले एक एक गोल गरे । लिभरपुलले अन्तिम खेलमा क्रिष्टल पैलेसको सामना गर्नेछ ।
क्रिष्टल पैलेस बिरुद्ध आइतबार हुने खेलमा जित हात पारे लिभरपुल चौथो स्थानमा यथावत रहनेछ । चेलसीले अन्तिम खेलमा हार बेहोरे र लिभरपुल तथा लेष्टर सिटीले अन्तिम खेलमा जित हात पारे चेलसीको च्याम्पियन्स लिग पुग्ने सम्भाबना समाप्त हुनेछ । तर अन्तिम खेलमा लिभरपुलले क्रिष्टल पैलेस बिरुद्ध हार बेहोरेको अवस्था र चेलसी तथा लेष्टरले जितेको अवस्थामा लिभरपुल अन्तिम चारमा पुग्नबाट रोकिनेछ । चेलसीले ३७ खेलबाट ६७ अङ्क जोडेको छ ।