फुटबल | खेलकुद |

अष्ट्रियाका फरवार्ड एक खेलका लागि निलम्बित

गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । यूरोपेली फुटबल संघ(यूइएफए)ले अष्ट्रियाका फरवार्ड मार्को अर्नौटोभिकलाई एक खेलका लागि निलम्बन गरेको छ । अर्का एकजना खेलाडीसँग दुब्यर्वहार गरेको आरोपमा उहाँलाई निलम्बन गरिएको यूइएफएले जनाएको छ ।
सर्बियाली मूलका अर्नौटोभिकले गोल गरेपछि बिपक्षी टोलिका अल्बानिया मूलका एगजोन बेटुलै र जैनी एलिओस्कीसँग दुब्यर्वहार गर्नुभएको थियो । एगजोन र जैनी उत्तरी म्यासिडोनियाका हुन ।
खेलपछि उहाँले आफू नश्लभेदी नरहेको प्रतिक्रिया दिनुभएको थियो । ३२ वर्षीय अर्नौटोभिकको उक्त टिप्पणी गलत उद्देश्यबाट प्रेरित भएको यूइएफएले जनाएको छ ।
अष्ट्रियाले आफ्नो अर्को खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ । उत्तरी म्यासिडोनियाले भने यूक्रेनको सामना गर्नेछ ।